– कृष्ण खनाल
बुटवल २१ जेठ । बुटवल नगरक्षेत्रभित्रका अधिकांस घर तथा भवनहरु मापदण्ड विपरित निर्माण भएको पाइएको छ ।
नगरपालिका भित्र घर तथा भवनहरु निर्माण गर्दा निश्चित मापदण्डमा तोकेको भए पनी मापदण्डको पुर्णतया पालना भएको छैन । जस्को कारण नगरभित्र मापदण्ड विपरित घर तथा भवनहरु बन्ने क्रम बढ्दै गएको हो ।
नगरपालिकाको भवन तथा योजना मापदण्ड २०५६ का अनुसार घर तथा भवनको तलाको संख्या सडकको चौडाईका आधारमा बनाउनु पर्ने मापदण्ड भए पनी मापदण्ड पालता भएको पाइदैन ।नगरपालिकको मापदण्डमा स्पष्ट संग कुनै पनी घर तथा भवन निर्माण गर्दा अगाडीको सडकको चौडाई यदि २० फिट वा सो सरह भएमा ५ तलाको ५८ फिट उचाई सम्मको निर्माण गर्न सकिने मापदण्ड भएको भए पनी बुटवल नगरपालिका भित्र ७ तला भन्दा माथिका घर तथा भवन निर्माण भएका छन । सडकको चौडाईको आधारमा घर तथा भवन निर्माण गर्ने भन्ने नगरपालिकाको नियम भएको भए पनी सडक नै अतिक्रमण गरेर भवन घर तथा भवन बनाउने गरेको पाइएको छ । तर यसरी मापदण्ड विपरीत बनाइएका घर तथा भवनहरुको कारवाहीको लागी सरोकार बाला मौन रहेको छ । बुटवल नगरपालिका भित्र निर्माण हुने भवन तथा घर सामान्य तया ५ तला भन्दा माथिको बनाउन नपाईने नियम छ । नगर क्षेत्र भित्र कुनै पनी व्यक्ति वा संघ संस्थाले घर तथा भवन निर्माण गर्दा भुई देखि सिलिङ सम्मको उचाई ९ फुट ६ ईन्च हुनुपर्ने व्यवस्था रहेको भए पनी नियम पालना भएको पाईदैन । मानिसहरुले बुटवल क्षेत्रमा धेरै गर्मि हुने भएको कारण तलाको उचाई मापदण्ड भन्दा बढि नै राख्ने गरेका छन ।
घर तथा भवन निर्माण गर्ने स्थान भन्दा अगाडी सडकको चौडाई १६ देखि २० फिड भन्दा कम भएमा अधिकतम ४७ फिटको चार तला सम्मको घर बनाउनु पर्ने मापदण्डमा उल्लेख गरिएको छ त्यस्तै सडकको चौडाई १२ देखि १६ फिट भन्दा कम भएमा ३ तलाको अधिकतम ३६ फिट सम्मको घर तथा भवन बनाउनु पाईने व्यवस्था छ । तर यो मापदण्डको कुनै पनी क्षेत्रमा कार्यनय्न भएको पाइएको छैन ।
उता बुटवल नगरपालिका का प्राविधिक सुमन श्रेष्ठले भने घर तथा भवन निर्माण मापदण अनुसार का भइरहेको दाबि गरे । उनले भने यो कार्यन्न भएको छ । यसरी उनले घर तथा भवन निर्माण मापदण्ड को कार्यनयन् भएको दावि गरेको भए पनी त्यसमा कुनै सत्यता छैन । एकातर्फ मानिसहरुले आफुले बनाउने घर तथा भवन निर्माण मापदण्ड नाघेर सडककको चौडाई नै नहेरी घरको तला थपिरहेका छन भने अर्कोतर्फ सडक नै अतिक्रमण गरेर घर तथा भवन निर्माण गरिरहेको अवस्थामा उनको यो भनाईमा कुनै तुक छैन ।
यसरी भवन घर तथा भवन निर्माण मापदाण्ड अनुसार घर तथा भवन निर्माण गर्ने व्यक्तिलाई कस्तो कारवही हुन्छ भन्ने बुटवल टुडेको जिज्ञासामा प्राविधिक श्रेष्ठले भने – त्यो नगरप्रमुखको विशेष अधिकार हुन्छ त्यही अनुसार कारवाही हुन्छ । <br>
भु-कम्पीय जोखिममा रहेको हाम्रो देश नेपाल मा यसरी मापदण्ड विपरीत घर तथा भवन निर्माण गर्दा कुनै पनी समयमा जाने भ- कम्पको कारण करोडौको क्षती नहोला भन्न सकिन्न यस्को लागी बुटवल नगरपालिकाले आफ्नो भवन निर्माण मापदण्ड को पुर्णतया कार्यनयनका ल्याउनु जरुरी छ ।



