क्रान्ति र विद्रोहको जनअभियान समाप्त नभइसकेको माओवादी बाबुरामको भनाई

काठमाडौँ – एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले जनताको पक्षमा संविधान बनाउने र शान्ति प्रक्रिया टुङ्ग्याउने महत्त्वपूर्ण कार्यभार बाँकी नै रहेकाले क्रान्ति र विद्रोहको जनअभियान समाप्त भइनसकेको बताएका छन्।

जागरण मिडिया सेन्टरको तेस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उपाध्यक्ष डा. भट्टराईले संविधान सभा विघटन गर्न चाहने तत्त्वहरु पाँच बुँदे सम्झौताबाट फेरि एकपटक पराजित भए पनि अझै प्रतिगमन फर्काउने चलखेल हुन सक्ने भएकाले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व त्यस्ता तत्त्वको हातमा सुम्पिन नहुनेमा जोड दिए।

एमाले नेता प्रकाश ज्वाला र अधिवक्ता पुष्पा भुसालले मुलुकमा सामन्तवादको अवशेष अझै विद्यमान रहेको र परिवर्तन खोज्ने दलित, महिला समुदाय अझै पीडित अवस्थामा रहेको बताए।
– रासस