काठमाडौँ – मधेसी युवा लोकतान्त्रिक पार्टीले एमाओवादीका लडाकु समायोजन हुँदैमा शान्ति प्रक्रिया पूरा नहुने दाबी गरेको छ। पार्टीले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी शान्ति प्रक्रिया पूरा गर्नका लागि मधेसी लडाकु र विभिन्न पार्टीका भूमिगत लडाकु पनि समायोजन हुनुपर्नेमा जोड दियो।
एमाओवादी लडाकु समायोजन हुनुभन्दा अगाडि मधेसका भूमिगत राजनीतिक दलका लडाकुहरुको बराबरीरुपमा समायोजन तथा व्यवस्थापन गर्नुपर्ने पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सो पार्टीका अध्यक्ष राजेशकुमार झाले मधेसी दलका लडाकुको व्यवस्था नगरी शान्ति प्रक्रिया अगाडि बढेमा मधेसी युवा विद्रोहमा उत्रिने बताए।
– रासस



