अवैद्य भन्सार छलेको सामानसहित ट्रक बरामद

सिराहा  – इलाका प्रहरी कार्यालय सुखिपुरले अवैद्य रुपमा भन्सार छलेर
ल्याउँदै गरेको मालसामानसहित ट्रक जिरोमाइल बरियारपट्टी सडकबाट बरामद गरेको छ ।

प्रहरी नायब निरीक्षक विनोद र्कीको नेतृत्वमा खटिएको टोलीले ना ४ ख ७३७ नम्बरको
बेबारिसे ट्रक उक्त सडकमा रहेको खाल्डोमा फसेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी
कार्यालय सिरहाले जनाएको छ । उक्त ट्रक र ट्रकमा भएको चिनी, कृषि मललगायतका ४ लाख
मूल्य बराबरको सामग्री जिल्ला भन्सार कार्यालय सिरहा, माडरमा बुझाएको छ । प्रहरीले
ट्रकको २० लाख मुल्य तोकेको छ ।