विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ,अस्ति दुई तारिखका दिनसम्म जनाइएको अंकमा विश्वका बाह्र मुलुकमा आन्द्रामा रोग लागेर भएको महामारीका बिरामीहरु देखा परिसकेको छ र जसमध्ये अमेरिका पनि समावेश छ।
अस्तिसम्म यस घटनामा परी एक हजार आठ सय तेईस जना बिरामी परेका छन् र तिनमा अठार जनाको मृत्यु भइसकेको छ । थाहा भएअनुसार मे तीसदेखि जून दुई तारिखसम्मको तीन दिनमा मात्र अर्का दुई सय बाह्र जनालाई उक्त रोग लागेको र तीमध्ये चार जना मरिसकेका छन्।



