एसएलसीको परीक्षाफल असार १४ भित्र आउने

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ गतेभित्र प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक सूर्य प्रसाद गौतमले असार १२ गतेदेखि १४ गतेभित्र परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए।
उनले जतिसक्दो चाँडो परीक्षाफल प्रकाशित गर्ने योजनाका साथ काम भइरहेको बताए।उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको, जिल्ला जिल्लाबाट परीक्षण सकिएका उत्तरपुस्तिका आउने क्रम जारी रहेको र परीक्षण सकेर आएका उत्तरपुस्तिकाको नम्बर कम्युटरमा चढाउने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसवर्षको परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना परीक्षार्थी सहभागी भएका थिए । – यूएई डेस्क