– प्रमोद पोखरेल-प्यूठान खलंगा
यूएई डेस्क-प्यूठानको भिगृमा केहिबेर अघि देखि रोल्पा प्यूठान हुदै पुर्वपस्चिम राजमार्ग जोड्ने सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
लगातार परेको बर्षा र हुरिका कारण रुखहरु ढलेर सडक अबरुद्ध भएपछि यातयात बन्द भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपि डिल्लीराज पन्तले बताएका छन । सडक अबरुद्ध हुदा दर्जनौ यायातका सबारि साधन र सयौ यात्रुहरु बाटोमै अलपत्र परेका छन अबरुद्ध बाटो खुलाउन नेपाल प्रहरी र स्थानिय बासि र यात्रुहरु लागिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
हुरीले पोल ढाल्यो- बिद्युत सेवा बन्द
त्यसै गरि पर्यटकिय तिर्थस्थल र्स्वर्गद्धारीमा र आसपासको क्षेत्र धरमपानि बजार खालका गाउहरुमा लगातार परेको पानि र हाबा हुरिले पोलहरु ढालेपछि अहिले त्यो क्षेत्रका बिधुत सेबा समेत अबरुद्ध भएको छ ।
बिधुत सेबा अबरुद्ध भएपछि महाप्रभूको दर्शनका लागि र्स्वर्गद्धारी आउने तिर्थयात्रिका लागि समस्या भएको र्स्वर्गद्धारी आश्र्रमले बताएको छ ।
बिधुत अबरुद्धको बिषयमा बिधुत प्राधिकरण संग टेलिफोनमा कुरा गर्न खौज्दा सर्म्पर्क हुन सकेन ।