– कृष्ण खनाल
बुटवल २७ जेठ-पछिल्लो समयमा विभिन्न सरकारी कार्यालय,गैर सरकारी संघ संस्था तथा र्सार्वजनीक यातायातका साधनहरु अपाङ्गमैत्री हुनुपर्ने आवाज उठीरहेको बेला राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय बुटवल नै अपाङ्गमैत्री छैन ।
अपाङ्गता सवाललाई उठान गर्नको लागी तथा हक अधिकारको बारेमा वकालत गर्नको लागी स्थापना भएको संस्था स्थापना भएको कयौ बर्षभए पनि अहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरु सहज रुपमा जान सक्ने अवस्था छैन।
सामान्य रुपमा टिनको छानो लगाइएको क्षेत्रीय कार्यालयको भौतीक अवस्था दयनिय भएको हो । विडम्बनाको कुरा राष्ट्रि अपाङ्गमहासंघ को कुनै पनी निजी भवन बनेको छैन । नेपालभर रहेका अन्य क्षेत्रीय कार्यालय तथा शाखा कार्यालय हरु भने भाडामा चलाइरहेको राष्ट्रिय अपाङ्ग महासंघ ले जनाएको छ । बुटवलमा रहेको मंहासंघको भवन भने सडक डिभिजन कार्यालय ले दिएको भवनमा राखिएको छ । अफ्नो निजी भवन बनाउनको लागी सरकारी तबर बाट सहयोग नहुनु तथा अर्काले दिएको भवनमा काम चलाउनपर्नु अपाङ्ग मैत्री नहुनुको कारण भएको राष्ट्रिय महासंघ शाखा कार्यालय बुटवल का सचिव सिशिर खनालको भनाई छ ।
विगत केहि महिना पहिले अझ झन दयनिय अवस्था रहेको कार्यालय लाई केहि मर्मत गरेर सुधार गरिएको भए पनी कार्यालय लाई पर्ुण्ा रुपमा अपाङ्गमैत्री बनाउन सकेको छैन । जस्को कारण कार्यालयमा हृवील चियर तथा चार पाङग्रे मोटर चढेर जाने अपाङ्गहरुले सास्ती व्होर्ने गरेका गुनसो अपा ङ्गता भएका मानिसहरुको भनाई रहेको छ ।
महासंघको जिर्ण अवस्थामा रहेको कार्यालय लाई बुटवल नगरपालिका संघ जग्गा माग गरिएको भए पनी अहिले सम्म उपलब्ध हुन नसकेको को कारण नया भवन बनाउन को लागी अफ्ठा्रो परेको सचिव खनालको भनाई छ । जिर्ण रुपमा रहेको अपाङ्गमहासंघको भवन मा कुनै पनी सरकारी तथा गैर सरकारी तवर बाट सहयोग भएको छैन ।
महासंघ ले विगत ४ /५ बर्षयता महासंघ ले सडक डिभिजन कार्यालय बुटवलले दिएको एक कोठा मा आफ्नो कार्यालय स्थापना गरेर काम चलाईरहेको छ । कार्यालय नै चलाउनकाृ लागी राष्ट्रिय अपाङ्ग महासंघ काठमाडौको केहि सहयोग र एक गैर सरकारी सस्था एफ एफ ओ ले एक जना कार्मचारीको तलवको लागी व्यवस्था गारेको सचिव खनालको भनाई छ । आफुहरुले चाहेको अपाङ्गमैत्री भवन निर्माण को लागी पहल जारी रहेको बताउदै सचिव खनालले थपे -राष्ट्रिय अपाङ्ग महासंघको नाममा कु्नै पनी जग्गा नभएको कारण समश्यापरेको हो ।
दयनिय अवस्थामा रहेको राष्ट्रिय अपाङ्गमहासंघको नया भवन बनाउन तथा जिर्ण्र्ाारा गर्नको लागी सरकारी निकायबाट कुनैपनी सहयोग नभएको सरोकारबालाको भनाई छ।त्यसैले अन्य नागरीक सरहअपधिकार दिनको लागी सरकारी निकायले भवन निर्माण तथा जिर्ण्र्ाारका लागी सहयोग गर्नु जरुरी छ ।