पेट्रोलको मुल्यमा पाँच रुपैयाँ बृद्धि

काठमाडौ  –   नेपाल आयल निगम सञ्चालक समितिले
आजैदेखि लागु हुने गरी पेट्रोलको मुल्यमा पाँच रुपैयाँ बृद्धि गरेको छ । पेट्रोलको मुल्य ९७ बाट बढेर १०२
रुपैयाँ प्रति लिटर पुगेको छ ।

डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्यास प्रति सिलिन्डर १ हजार ३२५
रुपैयाँ कायमै रहेको छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलको भाउ बढ्दै‍ गएपछि
निगमलाई मासिक झण्डै पचास करोड रुपैयाँ घाटा थियो । निगमले अन्तरराष्ट्रिय बजरको
भाउसंग समायोजन गर्नका लागि मुल्य बढाउनु परेको जनाएको छ ।