काठमाडौं – मन्त्री घनश्याम भूषाललाई
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्री’को रुपमा जिम्मेवारी दिइएको
छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभागिय जिम्मेवारी हेर्नेगरी
पहिलो पटक मन्त्री तोकिएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रपरिषद कार्यालयका सबै
काम सिधै प्रधानमन्त्रीको मातहत हुन्थे । ‘प्रधानमन्त्रीकै कामलाई सहयोग पुर्याउने
गरी मन्त्रीलाई जिम्मेवारी तोक्नुभएको हो’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य
थापाले भने, ‘प्रधानमन्त्री निटक रहेर काम गर्ने हो ।’
प्रधानमन्त्री खनालले डेढ महिना अघि भूषाललाई पछि कार्यभार तोक्ने गरी मन्त्रीमा
नियुक्त गरेका थिए । यसअघि दलीय भागबन्डा पुर्याउनका लागि विनाविभागिय मन्त्रीको
रुपमा प्रधानमन्त्री कार्यालयमा बस्ने गरी मन्त्री तोकिने गरेको थियो ।
अहिले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै मन्त्रीको रुपमा नयाँ पद
सिर्जना गरिएको हो । प्रधानमन्त्री खनालले भूषाललाई प्रधानमन्त्री तथा
मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी दिएको बारे आइतबार राष्ट्रपति डा रामवरण
यादवलाई जानकारी गरएका छन् ।
माओवादी एमाले गठबन्धन निर्माणका डिजाइनर भूषाल खनालका अत्यन्त निकट सहयोगी पनि
हुन् ।



