भरतपुर – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार
गच्छदारले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुला गर्न प्रधानमन्त्रीसँग
आग्रह गरेका छन् ।
चितवनमा आइतबार साँझ आयोजित चितवन, नवलपरासी र मकवानपुरका कार्यकर्ता
प्रशिक्षणमा उनले षड्यन्त्रपूर्वक ७ बुँदे सहमतिबाट निर्माण भएको वर्तमान सरकार गैर
संवैधानिक भएको दाबी गरे । ‘यस्तो सरकार कुनै पनि हालतमा टिक्दैन,’ उनले भने ।
कार्यकर्तामाझ उनले प्रधानमन्त्री झलनाथ खनालले असार १४ भित्र सम्मानजनक ढंगले
राजीनामा नदिए मधेसी दलले घोक्र्याएर निकाल्ने चेतावनी दिए । उनले नेपाली सेनालाई
समावेशी बनाउन १० हजार मधेसी युवालाई प्रवेश गराउनु पर्ने माग दोहोर्याए ।
गच्छदारले लोकतान्त्रिक र संघीय संविधान मात्रै मान्य हुने बताए ।



