काठमाडौ – सर्वस्वसहित जन्म कैदको फैसला सजाय तोकिएको सभासद् बालकृष्ण ढुंगेललाई जेल हाल्न माग गर्दै मंगलबार सर्बोच्च अदालतमा रिट परेको छ । सर्बोच्च अदालतले गरेको फैसला कार्यान्वयन नभएपछि ढुंगेलले हत्या गरेका उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले रिट दायर गरेकी हुन् ।
रिटमामा ढुंगेललाई तत्काल पक्राउ गरी जेल भुक्तानका लागि कारागार पठाउन, उनलाई व्यवस्थापिका संसदको र संविधान सभाको सदस्यको रुपमा काम गर्न नदिन विपक्षीका नाममा परमादेश जारी गर्न रिटमा माग गरिएको छ ।
गृहमन्त्रीले संविधानको धारा १५१ बमोजिम उनको कैद माफि गर्न भनि सार्वजनिक व्यक्तव्य दिएकोमा पनि आपत्ति जनाउदै फैसला कार्यान्वयनमा प्रभाव पर्ने गरी आममाफी जस्तो उन्मुक्ति नदिने पनि अन्तरिम आदेशको माग गरिएको छ ।
माफि नदिन प्रधानमन्त्रीलाई आफ्नै दलको ध्यानाकर्षण उता सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेका माओवादी सभासद् ढुंगेलको सजाय माफी गर्न नहुने भन्दै एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री झलनाथ खनालको ध्यानाकर्षण गराएका छन् ।
एमालेका सगरमाथा अञ्चल नेताहरूले समेत ढुंगेललाई सरकारले माफी दिन लागेको जानका आफूहरूले पाएको भन्दै त्यसलाई रोक्न माग गर्दै सोमबार प्रधानमन्त्रीलई ज्ञापनपत्र बुझाका छन् । जल्ला नेताले गरेको मागलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अध्यक्षसमेत रहेको खनाललाई सोमबार ध्यानाकर्षण पत्र पठाएका हुन् ।



