तीन महिनाअघि म्याग्दीस्थित ब्यारेकमा भएको घट्ना सम्बन्धमा छानविन पछि नेपाली सेनाद्वारा २३ जनालाई बर्खास्त

काठमाडौ – तीन महिनाअघि म्याग्दीस्थित ब्यारेकमा भएको घट्ना सम्बन्धमा छानविन पछि नेपाली सेनाले २३ जनालाई बर्खास्त गर्नुका साथै एक अधिकृतसहित केहीलाई घटुवा, बढुवा रोक्का तथा ग्रेट रोक्का गरेको छ ।

गत चैत्र १४ गते म्याग्दी जिल्लास्थित ईन्द्रबक्स गणका सिपाही राम बहादुर चौधरी दैनिक शारीरिक व्यायामका दौरान मृत्यु भएको थियो । उनको मृत्यु पछि उक्त शारिरीक ब्यायम गराउँदै गरेका सेनानी अरुण बहादुर सिंहको लापरवाहीका कारण मृत्यु भएको भन्दै उनलाई हातपात गरिएको थियो ।

सैनिक जनसम्पर्क निर्देशनालयदले मंगलबार बिज्ञप्ति जारी गरि घट्नाको छानविन गर्न सेनाको पश्चिम पृतनापति नरबहादुर कँडेलको अध्यक्षतामा गठित समरी जनरल अदालतको फैसला सार्वजनिक गरेको हो । उक्त घट्नामा सेनानी सिंहलाई समेत दोषी ठह्याइ दुई बर्ष बढुवा रोक्का गरिएको छ ।

कारवाहीमा पर्नेको नामावली:

तीन बर्ष कैदा तथा बरखास्त
१. प्यूठ टेक बहादुर कुमाल

दुई बर्ष कैद तथा बरखास्त
२. अमल्दार विजय कुमार यादव

३. अमल्दार राजेश प्रसाद यादव

४. अमल्दार राजेश यादव

५. प्यूठ प्रदिप पोखरेल

६. सिपाही निरज भट्ट

७. सिपाही मिन नाथ

एक बर्ष कैद तथा बरखास्त
८. अमल्दार सविन थुयाजु

९.  अमल्दार सुमन अधिकारी

१०. प्यूठ टेक बहादुर भुजेल

११. प्यूठ देव नारायण चौधरी

१२. प्यूठ रामेश्वर चौधरी

१३. सिपाही बिष्णु प्रसाद कोईराला

१४. सिपाही लोक बहादुर श्रेष्ठ

९ महिना कैद तथा बरखास्त

१५. प्यूठ सुरेश राय यादव

१६. सिपाही रामु राय यादव

बरखास्त
१७. अमल्दार अजय थापा

१८. प्यूठ समिन गुरुङ्ग

१९. प्यूठ राज कुमार महतो

२०. सिपाही मदन बहादुर शाही

२१. सिपाही रमेश भुसाल

२२. सिपाही देव कुमार सिंह दनुवार

२३. सिपाही गोविन्द बहादुर बिष्टलाई

दर्जा घटुवा
२४. हुद्दा राधेश्याम डगौरा थारु

२५. अमल्दार सिताराम तामाङ्ग

२६. प्यूठ कमल श्रेष्ठ

२७. प्यूठ राम आशिष महतो

२८. प्यूठ सिकिन्दर राउत कुर्मी

दुई बर्ष बढुवा रोक्का
२९. सेनानी अरुण बहादुर सिंह

३०. सिपाही जित बहादुर खत्री

३१. सिपाही शरण थापा

३२. सिपाही दिपक घिमिरे

३४. सिपाही लवराज साउद

३५. सिपाही लाल बहादुर डाँगी

३६. सिपाही सहदेव आचार्य

३७. सिपाही उमेश खड्का