२ असार, सुनसरी – एमाले युवा दस्ता युवासंघका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले आज बिहान सुनसरीको इटहरीबाट पक्राउ गरेको छ ।
विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको कुटपिटको मुख्य योजनाकार भनिएका युवासंघ मोरङ उपाध्यक्ष पर्शुराम बस्नेतलाई संरक्षण दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई उनी बसेको इटहरीस्थित रिभर साइड होटलबाट पक्राउ गरेको हो । बस्नेतलाई पक्राउ गर्ने क्रममा प्रहरी र युवासंघ कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो ।
झडपका क्रममा आफ्ना आधादर्जन कार्यकर्ता घाइते भएको युवासंघले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी निरीक्षक महेन्द्रकुमार श्रेष्ठले माथिको आदेशमा बस्नेतलाई समातिएको बताउनु भएको छ ।
बस्नेतलाई प्रहरी नायव उपरीक्षक भिम दाहालको नेतृत्वमा विराटगनरबाट आएको प्रहरी टोलीले पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगर पु