माओवादीले सेना समायोजनमा लचकता अपनाए थपिएको समयम संविधान बन्ने पूर्व प्रधानमन्त्री माधबकुमार नेपालको भनाई

रौतहट  – नेकपा एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले माओवादीले सेना समायोजनमा लचकता अपनाए थपिएको समयम संविधान बन्ने बताए ।

‘माओवादीले चाहेमा थप समयमा शान्ति प्रक्रिया र सविधान बन्न सक्छ,’ रौटहटको चन्द्रनिगाहपुरमा बिहीबार उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा उनले भने ।

सेना समायोजनको विषयमा माओवादीले बिभिन्न बखेडा झिक्ने गरेकाले पनि थपेको समयमा शान्ति प्रक्रिया र सविधान बन्न नसक्ने आशंका बढेको उनले बताए । ‘सेना समायोजनका बारेमा माओवादीसँग गम्भिर छलफल भइरहेको छ,’ नेपालले भने ।

मुलुक जटिल अबस्थामा गुज्रेको बताउँदै नेता नेपालले सबै राजनीतिक दलहरु एकजुट हुनु पर्नेमा जोड दिए ।