प्राईभेट खारेजपछी विद्यार्थीको रोजाईमा खुल्ला विद्यालय

– कृष्ण खनाल

बुटवल ३ असार ।  सरकारले शिक्षा नियमावलीमा परिवर्तन गरेर प्राईभेट एस एल सी दिने व्यवस्था   खारेज गरेपछी अहिले विद्यार्थिहरुको रोजाई खुल्ला विद्यालय तर्फ  बढेको छ ।

कक्षा  ८ पास तथा कम्तीमा दुई बर्ष सम्म एस एल सी परिक्षा नदिए बसेका विद्यार्थिहरुका लागी विगतका बर्षमा सरकारले प्राईभेट एस एल सी दिने भए पनी यस बर्ष खारेज गरेको हो ।

प्राईभेट एस एल सी दिन नपाउने भए पछी एस एल सी पास गरेर  क्याम्पस स्तरको पढाई अगाडी बढाउन चाहने  विद्यार्थिहरु  अहिले  शैक्षिक जनशक्ति विकास केन्द्र को सहयोगमा नेपाल सरकार खुल्ला विद्यालय कार्यक्रम मा धाउने गरेका छन ।   

 
धादिङ्ग जिल्लाको आरुघाट गाविस  वार्ड नः ८ स्थायी घर भएकी सिता दाहाल ले अहिले कान्ति उच्च मा वि मा संाचालित भएको खुल्ला विद्यालयबाट यस बर्षको एस एल सी परिक्षा दिन लागिपरेकी छिन । सानै उमेर मा विवाह भएको र नियमित रुपमा विद्यालय जान नपाएको  कारण उनले अहिले खुल्ला विद्यालय मार्फत एस एल् सी दिन लागेको बताईन । उनले भनिन्- सानैमा विवाह भएको कारण पढ्न पाईन त्यसैले अहिले  एस एल सी दिन पाउदा खुसी लागेको छ । खुल्ल्ाा विद्यालय कार्यक्रम ले आफुजस्ता अन्य गृहणी हरुलाई समेत  फाईदा पुगेको उनको धारणा थियो । उनी मात्र होईन खुला विद्यालय अन्र्तगत कान्ति उमाविमा भर्ना हुन आएका गोरखा जिल्ला पोखरापाली गाविस स्थायी घर भई नवलपरासीको परासी बजारमा बसोवास गर्दे आएका दिपक नेपाली भर्नाका लागी विहिवार कान्ति उमा वि मा भेटीए ।  उनले आफ्नो स्थायी घर गोरखा बाट पारिवारीक कारण को लागी नवलपरासी आउनु परेको कारण  नियमीत रुपमा पढ्न नपाएर खुल्ला विद्यालय मा भर्ना हुन आएको बताए । कक्षा  ९ गोरखामा  पढेका  कक्षा १० मा भर्ना हुनका लागी आएका थिए ।  

नेपाल अधिराज्यभर ८४ वटा खुल्ला विद्यालय को व्यवस्था सरकारले गरेको मा  रुपन्देहीमा जिल्लामा   कान्ति उच्च मा वि मा मात्र  खुल्ला विद्यालय  कार्यक्रम संाचालित छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका  परिक्षा नियन्त्रण शाखा उप -सचिव टिकाराम न्यौपाने ले प्राईभेट एस एल सी दिने व्यवस्था  सरकारले खारेज गरेको पनी एस एल सी दिन चाहने विद्यार्थीहरुको लागी खुल्ला विद्यालय कार्यक्रम बाट एस एल सी दिन पाउने जनाकारी दिए ।  उनका अनुसार नियमित रुपमा विद्यालय जान नपाउने विद्यार्थिहरुका लागी खुला विद्यालयको निश्चीत मापदण्ड तथा  निर्देशिका अनुसार   विद्यार्थिहरुले परिक्षा दिन पाउने व्यवस्था छ ।

रुपन्देहीको  कान्ति उच्च मा वि का खुला विद्यालय संयोजक तथा प्रशिक्षक चुरामणी पौडेल  ले अनौपचारीक शिक्षा कार्यक्रम अन्र्तगत विद्यार्थीहरुले एक बर्षमा ७ वटा सम्पर्क कक्षा अनिवार्य रुपमा लिए पछी एस एल सी परिक्षामा सम्मिलति हुन पाउने व्यवस्था रहेको जनाकारी दिए ।  उनले भने प्राईभेट भन्दा केहि फरक छ । विद्यार्थिहरुले विद्यालयमा अनिवार्य रुपमा उपस्थित भएर  ७ वटा  सम्पर्क कक्षा जुन एक सम्पर्क कक्षा ६ दिनको हुन्छ  मा सहभागी हुनु पर्ने छ ।  भर्ना कार्यक्रम चलिरहदा १ सय ८ जना विद्यार्थिहरु भर्ना भएको कान्ती उच्च मावि भर्ना भएको खुला विद्यालय विभागले जनाएको छ । 

 
गएको शैक्षिक बर्ष २०६७ मा उक्त विद्यालय बाट २ सय ३० जना विद्यार्थिहरु भर्ना भएको मा १ सय ९६ जनाले एस एल सी दिएका थिए । विस २०६५ सालमा स्थापना भएको विद्यालयमा अघिल्लो सैक्षिक सत्र वि।स। २०६५ सालमा ४२  जना विद्यार्थिहरु एस एल सी मा सहभागी भएको मा  ४० जना विद्यार्थि उर्तिण भएका थिए ।