– कृष्ण खनाल
बुटवल ३ असार । लम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफ्नो १४ औ बर्ष प्रवेशको अवसरमा ्रमापदण्ड २०६८ र सहकारी शिक्षा बिषययक एक दिने तालिम प्रदान सुक्रवार सम्पन्न भएको छ ।
जिल्ला डिभिजन सहकारी संघ रुपन्देहीका अध्यक्ष चन्द्र कान्त भट्राईको विशिष्ठ आतिथ्यता जिल्ला बचन तथा ऋण सहकारी संघ का अध्यक्ष भिम तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ को अध्यक्षता रहेको थियो ।
तालिम उद्घाटन कार्यक्रममा विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष गणेश मान शैजु एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा।राम हरी श्रेष्ठ संस्थाका लेखा संयोजक अमृतलाल श्रेष्ठ लगाएत ले बोलेका थिए ।



