– कृष्ण खनाल
बुटवल ३ असार – नानो कारको प्रचार प्रसार गर्ने उदेश्यले शुरु गरिएको नानो यात्रा वुटवल आईपुगेको छ । नानो यात्रा नेपाल केही करिव २ हप्ता अघि काठमाडौवाट शुरु भएको थियो ।
अहिले सम्मकै सबैभन्दा सस्तो भनिएको भारतिय टाटा मोर्टस को उत्पादन नानो कारकाु मुल्य भारतमा १ लाख ४५ हजार पर्ने वताईएको छ । नेपालका लागी आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि प्रसार प्रसारका लागी देश दौडाहामा हिडेको नानो यात्रा सुक्रवार बुटवल देखी पाल्पा प्रस्थान गरेको छ । यात्रा पाल्पा हुदै तम्घास पुगी पुन वुटवल फर्कने छ । नानो यात्रा नेपालको पहिलो यात्रा अन्र्तगत हिडेको कार प्रथम चरणमा ३५ दिनमा १० हजार किमि पुरा गर्ने योजना रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिका विकि्र अधिकृत सुधिर थापाले जानकारी दिए । उनका अनुसार यात्राको क्रममा कारको वारेमा सकारात्मक रेसपोन्स आएको छ ।
त्यस्तै दोस्रो चरण अन्र्तगत ३० हजार दुरी यात्रा गर्ने जनाइएको छ । यस क्षेत्रमा नानो कार विकि्र वितरणको लागी सपना अटो मोवाइल्सले आधिकारीक डिलरसिप लिएको छ । नेपालमा यो कारको छिट्टै विकि्र वितरण गर्ने वताईएको छ ।