माओवादी पार्टी नफुटने भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीको दावी

– वसन्ती बाँस्तोला

पोखरा  – भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले माओवादी
पार्टी नफुटने बताएका छन । पोखरा विमानस्थलमा क्रान्तिकारी पत्रकार संघले आयोजना
गरेको पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले भने ‘माओवादी पार्टी एक ढिक्का भएको कारण
त्यसभित्र के छ भनेर खोतल्ने काम भएको हो तर हामी एकजुट छौ ।’

गत ३ गते मोहन वैद्य पक्षको लेखनाथमा भएको गोप्य छलफल आफूले थाहा नपाएको उल्लेख
गर्दै रायमाझीले भने ‘पत्रकारले थाहा पाएपछि कसरी गोप्य भयो यो मलाइ नै थाहा छैन ।’
पार्टीभित्र व्यापक छलफल हुने र त्यसलाई बढि चर्चा चलाइएको उनको आरोप थियो । ५
बुदे सहमतीले पुर्णता नपाए पनि काम भइरहेको बताउँदै रायमाझीले राष्ट्रिय सहमतीको
विकल्प नरहेको बताए । उनले भने ‘राष्ट्रिय सहमती भएपछि प्रधानमन्त्रिको राजिनामा
आउँछ र देशले निकास पाउँछ ।’

अहिले किन चुपचाप बस्नुभएको भन्ने पत्रकारको प्रश्नमा रायमाझीले भने ‘सन्नाटापछि
ठुलो परिवर्तन आउँछ ।’ मन्त्रि रायमाझी लेखनाथ साना शहरी तथा सरसफाई उपभोक्ता
संस्थाको दशौ बाषिर्कउत्सव समारोहमा आएका हुन ।