माओवादी उपाध्याक्ष बाबुराम भट्टराई पक्षको पोखरामा गोप्य भेला सम्पन्न

एकीकृत माओवादी उपाध्याक्ष मोहन बैद्य पक्षधरले गोप्य भेला गरे लगत्तै अर्का उपाध्याक्ष
बाबुराम भट्टराई पक्षले पनि शनिबार साँझ पोखरामा त्यस्तै भेला सम्पन्न गरेको छ ।

भेलामा उपाध्याक्ष भट्टराई र स्थायी समिति सदस्य तथा भौतिक योजना तथा निर्माण
मन्त्री टोपबहादुर रायमाझी उपस्थित थिए ।

भट्टराईले साँझ लेकसाईडको एक होटलमा आफू निकटका नेता र कार्यकर्तासंग भेटघाट र
सामान्य प्रशिक्षण गरेको माओवादी स्रोतले बताएको छ ।