एस.एल.सी २०६७ को रिजल्ट प्रकाशित

 नियमित तर्फ ५५.५ प्रतिसत उतिर्ण र एक्जामटेड तर्फ १७.३  प्रतिसत उतिर्ण 
यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ ५५.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो संख्या पोहोरभन्दा ८. ८१ प्रतिशत कम हो। एक्जामटेडतर्फ १७.३ प्रतिशत मात्र पास भएका छन्। विशिष्ट श्रेणीमा ३० हजार १ सय ११ जना, प्रथम श्रेणीमा ८२ हजार ६ सय १९, द्वितीय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तृतीय श्रेणीमा ८ हजार २ सय ४१ जना उत्तीर्ण भएका छन्।
यस बर्ष मुलुकभरबाट ४ लाख ९६ हजार २ सय ४३ जना बिद्यार्थी सहभागी छन् । जसमा नियमित तर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । 

एक्ज्याम्टेड तर्फ छात्र २५ हजार आठ सय पाच जना, छात्रा ३४ हजार २७ जना छन् । खुल्ला विद्यालयका आठ हजार एक सय ४० जना जसमा छात्र चार हजार पाच सय ७८ र छात्रा ३ हजार ६ सय ६२ जना छन् । परीक्षा १० चैत्रदेखि सुरु भई १८ गतेसम्म भएको थियो ।