काठमाडौ – एकीकृत माओवादीको आन्तिरक गुटबन्दी चुलिएको बेला अध्यक्ष पुष्पकमल
दाहाल पक्षधर मजदुरको राजधानफमा छुट्टै भेला भइरहेको छ । दाहाल पक्षाका नेताहरुले
उनीहरुलाई प्रशिक्षण दिइ रहेका छन् ।
सोमबार ललितपुरस्थित खन्ना गार्मेन्टमा जारी भेलामा दाहाल निकट सचिव पोष्टबहादुर
बोगटी, स्वस्थ्य मन्त्री तथा पोलिटव्यूरो सदस्य शक्तिबहादुर बस्नेत लगायत नेताले
प्रशिक्षण दिइरहेका छन् ।सचिव बोगटीले पार्टीको आन्तरिक विवाद, वर्तमान राजनीतिक
अवस्था लगायतबारे छलफल गर्न मुलुभरका मजदुरको भेला अयोजना गरिएको बताए पनि
कार्यक्रममा उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराई पक्षधर मजदुर भने सहभागी
भएका छैनन् ।
भेलामा अखिल नेपाल ट्रेड युनियन सम्बद्ध गरी ३२ मजदुर संगठनका १ हजार भन्दा बढी
मजदुर प्रतिनिधि सहभागी रहेका छन् ।



