संविधान कार्यदलको सातदिने म्याद सकिए लगत्तै बस्ने भनिएको उपसमितिको वैठक अनिश्चित

संविधान निर्माण सम्वन्धी विवाद समाधान गर्न गठित उपसमितिले गठन
गरेको कार्यदलको सातदिने म्याद सकिए लगत्तै बस्ने भनिएको उपसमितिको वैठक अनिश्चित
बनेको उपसमितिका सदस्यहरुले बताएका छन्।

मुख्यगरि राज्य पुन:संरचना र साशकीय स्वरुपबारेका विवाद समाधानका उपायहरुका
बारेमा गृहकार्य गर्न बनाइएको कार्यदलको म्याद सोमबार अन्यौलका माझ सकिएपछि धेरैको
ध्यान उपसमितिमा गएको हो।

तर विवादहरुको निप्टारा गर्ने उपसमितिको वैठक भने अब कहिले बस्ने हो त्यस्को
निधो भएको छैन।

उपसमितिका एक सदस्य नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकाले भने,