विभिन्न जिल्लामा माओवादी गुट उपगुटको भेला जारी

बागलुङ  – प्राप्त समाचार अनुसार विभिन्न जिल्लामा माओवादीको गुट उपगुटको भेला भएको समाचार
आइरहेको समयमा माओवादीको प्रचण्ड पक्षीय भेला मंगलवार बागलुङमा सम्पन्न भएको छ ।

भेलाले पार्टीलाई एकताबद्ध बनाउने, टुटफूटको राजनीति अन्त्य गर्ने, माओका
सिद्धान्तहरुलाई जिल्ला स्तरदेखिनै लागू गर्ने लगायतका निर्णय गरेको माओवादी जिल्ला
सहइन्चार्ज धनप्रसाद सापकोटाले बताए ।

भेलामा जिल्ला स्तरमा बैद्य र भट्टराई पक्षीय भनेर चिनिएका नेताहरु उपस्थित
थिएनन् । पार्टीको नगर कमिटिको बैठक भनिएको उक्त भेलालाई सापकोटाले प्रमुख अतिथिको
रुपमा सम्बोधन गरेको बताए । नगर कमिटिका सह