बहुचर्चित सुडान घोटाला प्रकरणमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाई बंगलादेशी नागरिक रुबेल चौधरीको संलग्नता खुलासा

– सरोजराज अधिकारी, कान्तिपुर

काठमाडौ – बहुचर्चित सुडान घोटाला प्रकरणमा कांग्रेस नेतृ सुजाता
कोइरालाका ज्वाई बंगलादेशी नागरिक रुबेल चौधरीको संलग्नता खुलासा भएको छ । सुडानमा
तैनाथ प्रहरीका लागि खरिद गरिएका बख्तरबन्द गाडी एपीसीलगायतका सामग्रीको ठेक्का
पाएको लन्डनस्थित एस्योर्ड रिस्क लिमिटेडका अपरेसनल डाइरेक्टर माइकल राइडरले
स्थानीय एजेन्ट शम्भु भारतीलाई पठाएको एक इमेलबाट उक्त प्रकरणमा रुबेलको संलग्नता
खुलेको हो ।

प्रहरीका चालकलाई एपीसी चलाउने तालिम दिने सम्बन्धमा २०६४ मंसिर २७ मा दुईबीच
भएको इमेल पत्राचारमा राइडरले सुडान परियोजनामा पहिले नै धेरै खर्च भइसकेकाले
एस्योर्ड रिस्कले