रुपन्देहीमा अपाङ्ग विकास कोषको रकम एकै महिनामा झ्वाम

– कृष्ण खनाल

बुटवल ८ असार  । आर्थिक वर्ष सकिन लाग्दा अपाङ्ग विकासका नाममा छुट्टाइएको रकमको व्यापक दुरुपयोग भएको छ । जिल्ला विकास समितिद्धारा अपाङ्ग विकास कोषका नाममा छुटयाइएको कुल ९ लाख आर्थिक वर्ष सकिन लाग्दा विना योजना रकमको हिनामिना गरिएको छ । जेठमा मात्रै झण्डै ६ लाख रकम निकासा भएको छ ।

चालु आर्थिक वर्ष समाप्त हुनभन्दा करिब २ महिना अगाडि ३ लाख ८ हजार रुपैया  मात्र खर्च भएको थियो तर बजेट खर्चने नाममा पछिल्लो एक महिनामा ५ लाख ९२ हजार रकम खर्चिएको छ ।

 जिविस पन्देहीका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठले गएको वैशाख महिनामा आफूहस ग बजेट भएर पनि खर्च हुन नसकेको बताएका थिए । तर उनले अहिले भने जेठ २४ गते बसेको बैठकले १२ वटा संस्थालाई खर्च हुन नसकेको ५ लाख ९२ हजार रुपैया मध्येबाट २ लाख रुपैया बाडिएको जानकारी दिए । अपाङ्ग विकास कोषको रकम मध्ये अपाङ्गता जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई अपाङ्ग महासन्धी सम्बन्धी सिपिआरडी तालिम साचालनको लागि १ लाख रुपैया विनियोजित गरिएको थियो ।

सिपिआरडी तालिम साचालनको लागि १ लाख रुपैया राखिएको भए पनि बाकी २ लाख ९२ हजार रुपैयाको कुनै लेखाजोखा छैन । सामाजिक विकास अधिकृत श्रेष्ठले सिपीआरडी तालिम साचालनको लागि आफूलाई जिम्मा दिएको र अन्य अपाङ्ग विकास कोषको रकम सबै खर्च गरिएको जानकारी दिए ।

उनले जेठ २४ गतेको बैठकबाट १० वटा संस्थाहरु एउटा ४,५ जनाको समूह र एक जनालाई व्यक्तिगत रुपमा रकम बाडिएको छ । रकमको लागि १२ वटा निवेदन परेकोमा सम्पूर्णलाई रकम छुट्याइएको हो । आधिकारिक रुपमा दर्ता तथा नवीकरण भएका संस्थालाई धेरै रकम र अन्यलाई थोरै रकम बाटडिएको सामाजिक अधिकृत श्रेष्ठको भनाइ छ । सूर्यपुरा गाविसमा बसोबास गर्दै आएका एक जना दृष्टि विहीन माधव क्षेत्रीलाई व्यक्तिगत रुपमा हार्मोनियम किन्नको लागि ७ हजार रुपैयारु दिएको समेत खुल्न आएको छ ।

अन्य समयमा प्रायः निस्क्रिय जस्तै बनेका रुपन्देहीका अपाङ्ग संघ संस्थाहरु अहिले जिल्ला विकास समिति द्धारा अपाङ्ग विकास कोष रकमका लागि भने सकि्रय बनेका छन् । कुनैकुनै संस्थाहरुले त आधिकारिक रुपमा जिल्लामा दर्ता नै नगरी एउटा समूह बनाएर रकम लाने काम समेत गरेको पाइएको छ । मुढा बनाउने तालिम भन्दै ४,५ जनाको समूहले समेत रकम लगेका छन् ।

आर्थिक वर्षको १० महिना बित्दा समेत सकि्रय नभएका यी संस्थाहरु रकमका लागि नै पछिल्लो समयमा लागेका छन् ।

रोचक कुरा त के छ भने आर्थिक वर्षको दश महिना बित्न लाग्दा समेत अपाङ्गता भएका संघ संस्थाहरु सकि्रय नभएको कारण रकम खर्च गर्न सक्ने वातारण नभएको बताइएको अवस्थामा पछिल्लो समयमा भने एकाएक अपाङ्गको नाममा संस्थाहरुले रकम लगेका छन् ।