काठमाडौं – परराष्ट्र मन्त्रालयले बंगालादेशका लागि राजदूतमा सहसचिव
हरिकुमार श्रेष्ठको नाम प्रस्ताव गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच महिनापछि खाली हुन लागेको बंगलादेशको
राजदूतमा श्रेष्ठको नामलाई सिफारिस गरेको हो । उमेर आधारमा १० दिनपछि अवकाश पाउन
लागेका श्रेष्ठ परराष्ट्रमा दक्षिण एसिया महाशाखाका प्रमुख थिए ।
मलेसियामा कार्यवाहक राजदूत रहिसकेका बरिष्ठ सहसचिव श्रेष्ठ नियात्रा र अनुभवका
पुस्तक लेखनमा पनि चिनिएका छन् ।



