विकल्प आउना साथ आफूले राजीनामा दिने प्रधानमन्त्री झलनाथ खनालको भनाई

काठमाडौ  – प्रधानमन्त्री झलनाथ खनालले आफू कुनैपनि बेला पद छाड्न तयार
रहेको बताएका छन् । उनले आफू विकल्पको पर्खाइमा रहेको बताए । उनले विकल्प आउना साथ
आफूले राजीनामा दिने जनाए ।

राजधानीमा बिहीबार एक निजी अस्पतालको उदघाटन गर्दै उनले आफू पद छाड्न अतालिएको
बताए । ‘कुनै पनिबेला म प्रधानमन्त्रीको पद छाड्न तयार छु,’उनले भने-‘तर देशलाई
अप्ठ्यारोमा र अस्तव्यस्त पारेर जाने पक्षमा म छैन ।’ उनले छिटो भन्दा छिटो सहमतिमा
विकल्प तयार पार्न दलहरुलाई आफूले आग्रह गरेको बताए ।

उनले केही अतिवादी व्यक्तिहरु संविधानसभाको विघटनको प्रयासमा लागेको भन्दै कुनै
समिति वा आयोगबाट बनाइएको संविधान नेपाली जनतालाई स्विकार्य हुन नसक्ने बताए ।
आफैले संविधान बनाउने नेपाली जनताको ६० वर्ष पूरानो चाहना रहेकाले त्यसलाई पूरा
गराउन सबै दल अग्रसर हुनुपर्ने उनको कथन थियो ।