काठमाडौ । अदालतको अपहेलना गरेको विषयमा परेको मुद्दामा एमाओवादीका नेता नेत्रविक्रम चन्दलाई सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले के कति कारणले अदालतका विरुद्धका बोल्नुभएको हो सोको जवाफसहित छलफलका लागि अदालतमा उपस्थित हुनू भनी आदेश गरेको छ ।
चन्दले गत सोमबार एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै अदालतका न्यायाधीश दलाल र भ्रष्ट भएको, एमाओवादीका विरुद्ध लागेको र शान्ति प्रक्रिया भाँड्न लागेको अभिव्यतिm दिनुभएको थियो ।
चन्दविरुद्ध लमजुङका सुमन अधिकारी र ओखलढुङ्गाका फणीन्द्र लुइँटेलले बुधबार अदालतविरुद्ध बोलेर अदालतको अपहेलना गरेको भनी मुद्दा दायर गर्नुभएको थियो ।
यसैबीच पटकपटक संसद् अवरुद्ध गरेर सात दिन निलम्बनमा परेका चार सभासद्ले दायर गर्न लागेको रिट आज सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।
सर्वाेच्च अदालतका सहरजिस्ट्र



