नेपालगन्ज – कार्गो लिएर नेपालगन्जवाट विहान हुम्लाको सिमीकोट उडेको
तारा एयरको एउटा विमान दुर्घटना भएको छ । विहान करिब ८.१४ वजे नेपालगन्ज विमान
स्थलवाट खाद्यान्न लिएर उडेको तारा एयरको ९ एन ए जि क्यु डोर्नियर विमान डाउन
ड्राफ्टमा परेर हेभि ल्याण्डिङ्ग गर्दा दुर्घटना भएको हो ।
रन वे वाट वाहिर पुगेको विमानको अगाडीको भाग र पखेटामा क्षति पुगेको
नेपालगन्जस्थित नागरीक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा रहेका चालक दलका तीन
सदस्य सकुशल छन् । विमानमा क्याप्टन वोधराज निरौला, सहायक क्याप्टन एम एम श्रेष्ठ र
परिचारीका डि जोशी सकुशल रहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाको कारण थाहा हुन
सकेको छैन ।



