काठमाडौ – एकीकृत नेकपा माओवादीका सभासदहरुले मन्त्रिपरिषद्लाई समानुपातिक बनाउन माग
गरेका छन् । १ सय ५९ जना सभासदले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र
बुझाउँदै उक्त माग गरेका हुन् ।
उनीहरुले जनादेशको मान्यता विपरीत सरकारमा पठाइएकालाई फिर्ता बोलाएर कम्तीमा थप
३ जना महिलालाई पठाउनुपर्ने माग गरेका छन् । माओवादीले वर्तमान सरकारमा ११ वटा
मन्त्रालय पाएको छ ।
सभासद रहेका महिला नेतृहरु हिसिला यमी,पम्पा भुसाल लगायतको नेतृत्वमा गएको
टोलीले दाहाललाई ज्ञापनपत्र बुझाएको हो । राज्यका सबै अंगमा
महिला,उत्पीडित,दलित,मधेशीलाई सामुनपातिक प्रतिनिधित्व गराउने पार्टीको घोषित नीति
पार्टी नेताबाट पालना नभएको तर्फ ज्ञापनपत्रम ध्यानकर्षण गराइएको छ ।
उनीहरुले त्यस
विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग गरेका छन् । ज्ञापनपत्रमा
हस्ताक्षर गर्ने अधिकांश सभासदहरु उपाध्यक्षद्वय भट्टराई र बैद्य पक्षधर छन् ।



