काठमाडौं – जनगणनाका लागि लगत लिने कार्य नसकिएको भन्दै पाँच दिनसम्मका लागि राष्ट्रिय जनगणनाको म्याद थपिएको छ। केन्द्रीय तथ्याङ्क विभागले असार ३ गतेदेखि सुरु गरेको राष्ट्रिय जनगणना आज सकिने भनिएको थियो।
तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले आइतबारसम्म पहाडी क्षेत्रमा ९५ र सहरी क्षेत्रमा ९० प्रतिशतमात्र जनगणना कार्य सकिएकाले पाँच दिनका लागि समय थप गरिएको जानकारी दिँदै हरेक १० वर्षमा गरिने जनगणनाको एक सताब्दी पुगेको अवसरमा यसपटकको जनगणनालाई विशेष बनाइएको र जनगणनामा छुटेकाहरुलाई आफ्नो विवरण उपलब्ध गराइदिन आग्रह गरे।



