काठमाडौ – सदभावना पार्टीले सभासद अनिलकुमार झालाई पार्टीको साधारण
सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
अन्तरिम संविधान २०६३ को धारा ६७ को खण्ड ‘घ’ अनुसार झाको संविधानसभा सदस्यता
कायम नरहेको लिखित जानकारी मंगलबार संविधानसभालाई गराउने निर्णय पनि राष्ट्रिय
कार्य समिति वैठकले सोमबार गरेको सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।
समानुपातिकवाट
सभासद बनाइएका झा सदभावनाका महासचिव र सचेतक समेत थिए । यसअघि नै उनलाई दुवै पदवाट
पार्टिले गत माघ २३ गते अनुसासन कारवाहि अन्तर्गत निष्कासित गरेको थियो ।



