सुडान प्रकरणमा तत्कालीन मन्त्री र सचिव विरुद्ध सर्वाच्चमा रिट

काठमाडौ – सुडान प्रकरणमा तत्कालीन गृहमन्त्रीहरू कृष्णप्रसाद सिटौला,
वामदेव गौतम र भीम रावल तथा पूर्वगृहसचिवहरू उमेश मैनाली र गोविन्द कुसुम पनि
संलग्न भएको भन्दै मुद्दा चलाउन माग गरी अधिवक्ता पवनकुमार खड्काले सोमबार
सर्वाेच्चमा रिट दर्ता गराएका छन् ।

अख्तियारले उनीहरूलाई बचाउने काम गरेको निवेदकको जिकिर छ । ‘भ्रष्टाचारमा संलग्न
सम्बन्धित निकायका प्रमुखलाई उन्मुक्ति दिई केही तल्लोस्तरका कर्मचारीलाई मात्र
मुद्दा लगाउँदा अन्याय हुन जाने र मुद्दा नै अपूर्ण हुन जाने भएकाले’
पूर्वगृहमन्त्री र गृहसचिवहरूमाथि छानबिन गरी मुद्दा चलाउन अख्तियारलाई आदेश
दिनुपर्ने रिटको माग छ ।