संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्बारा आफूहरुसंग परामर्श नगरी बजेट ल्याइए सदनमा अवरोध गर्ने चेतावनी

काठमाडौ  – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरुसंग परामर्श नगरी
बजेट ल्याइए सदनमा अवरोध गर्ने चेतावनी दिएको छ । मोर्चाको मंगलबार बसेको बैठकले
बजेटमा मधेशलाई उपेक्षा गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

बैठकपछि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले सरकारले
बजेटका विषयमा आफूहरुसंग कुनै परामर्श नगरेको बताए । उनले मधेशलाई उपेक्षा गरेर
ल्याइने बजेट आफूहरुलाई मान्य नहुने उल्लेख गरे । ‘हाम्रो सहमति बिना बजेट ल्याउन
गार्‍हो हुनेछ’,उनले भने-‘सरकारलाई सचेत गराउन चाहन्छौं ।’ उनले मोर्चाको मागहरु
पनि बजेटमा समेटिनुपर्ने बताए ।

मोर्चाले पाँच बुँदे सहमतिपछि कामचलाउ अवस्थामा पुगेको सरकारले राजदूतको फिर्ता
वा नियुक्ति गर्न नमिल्ने भनेको छ । उसले विभिन्न राजनीतिक नियुक्तिहरुप्रति पनि
आपत्ति जनाएको छ ।