एक महिनादेखि उत्पादन ठप्प रहेको जनकपुर चुरोट कारखाना सरकारी उदासिनताका कारण सुचारु हुन सकेन

सुरेश यादव

जनकपुर  -एक महिनादेखि उत्पादन ठप्प रहेको जनकपुर चुरोट कारखाना सरकारी उदासिनताका कारण सुचारु हुन सकेको छैन। जेनतेन चलेको सरकारी स्वामित्वको कारखानालाई गति दिने भन्दै राजधानीस्थित जग्गा बिक्री गरिएदेखि ओरालो झर्दै उद्योग बन्दै भएको हो।

०६७ जेठमा काठमाडौं नयाँ बानेश्वरस्थित कारखानाको ११ का जग्गा ७२ करोड रुपैयाँमा बिक्री गरिएको थियो। कच्चा पदार्थको अभावमा उत्पादन ठप्प भएको महिना दिन बितिसक्दा पनि कारखानाका महाप्रबन्धकको अत्तोपत्तो छैन। तत्कालीन उद्योगमन्त्री महेन्द्र राय (तमलोपा) ले नियुक्त गरेका महाप्रबन्धक श्यामकुमार महतो तीन महिनादेखि यहाँ देखा परेका छैनन।

कारखानाको सेवा सुविधा उपभोग गरिरहे पनि गत चैत १ गतेयता महाप्रबन्धक महतोले कारखानाको अवस्था बु