भैतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीद्बारा मुलुक अधिनायकवादी शासनको दिशामा अघि बढेको दाबी

काठमाडौ – मुलुक
अधिनायकवादी शासनको दिशामा अघि बढेको भैतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले दाबी गरेका छन् । उनले सहमति कार्यान्यवनमा
कसैले पनि चासो नदिएको भन्दै भदौ १४ पछि मुलुकमा अधिनायकवादी शासन लागू हुने बताए ।

बुधबार आफ्नै निवासमा संचारकर्मीसंग कुरा गर्दै रायमाझीले दक्षिणपन्थी शक्तिले
संविधानसभा विघटन गरी राष्ट्रपतिलाई मोहरा बनाएर सर्वसत्तावादको तयारी गरेको आरोप
लगाएका छन् । उनले पछिल्लो पटक संविधासभाको म्याद थप्ने क्रममा भएको पाँचबुँदे
सहमति तिव्रताका साथ कार्यान्यवन गर्नुपर्नेमा कसैले पनि चासो नदेखाएकाले थपिएको
समयमा समेत शान्ति र संविधान निर्माण निष्कर्षमा पुग्नेमा आशंका बढेको बताए ।

राष्ट्रिय सरकार नहुँदा मन्त्रालयमा काम गर्ने वातावरण नभएको भन्दै उनले
मन्त्री-मन्त्रीबीचमै मनमोटाव भएको जनाए । आपसी समझदारी नभएकाले अहिलेको सरकारबाट
धेरै कामको आशा गर्न नसकिने भन्दै रायमाझीले राष्ट्रिय सरकारको विकल्प नभएको बताए ।

पार्टीमा देखिएको विवादले शान्ति प्रक्रियामा आएको अवरोध भन्ने अन्य दलका
भनाइलाई खण्डन गर्दै उनले बहुमतको निर्णय सबैदलले कार्यान्यवन गर्नुपर्ने बताए ।