शान्ति प्रकृया र संविधान निर्माण टुंगोमा नपुग्नुमा माओवादी बाधक बनेको एमाले नेता माधवकुमार नेपालको भनाई

वीरगन्ज – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति प्रकृया र संविधान निर्माण टुंगोमा नपुग्नुमा एकिकृत माओवादी बाधक बनेको बताएका छन्।नेपाल उत्पीडित जातिय मुक्ति समाज पर्साको ५ औ जिल्ला अधिवेशनको बुधबार वीरगन्जमा उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।

‘लडाकु र हतियार मोह त्याग्न नसकेका कारण शान्ति प्रकृया टुगोमा पुग्न सकेको छैन,’ नेपालले भने – ‘शान्ति प्रकृया र संविधान निर्माणको कार्य पूरा हुन नसके यसको जिम्मेबारी माओवादीले नै हुनेछ।’ नेपाल वुधबार नै राजधानि फर्किएका छन्।