काठमाडौ । नेपाल टेलिकमले उपभोक्तालाई सकेसम्म सहुलियत दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले यही असार १७ गतेदेखि लागू हुनेगरी एक्सेस कोड १४४१ मार्फत विभिन्न मुलुकमा गरिने कलको महसुल दर परिमार्जन गरिएको जनाएको छ ।
टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार सो कल महसुल भारत र कतारका लागि प्रतिमिनेट महसुल (कर बाहेक) रु. २.९० तोकेको छ । यसअघि सो दर रु. ४ प्रतिमिनेट थियो ।
यसैगरी साउदी अरेबीया, युएई, बहराइन र कुवेतका लागि प्रतिमिनेट महसुल दर (कर बाहेक) रु १२ तोकेको छ । सो दर यसअघि रु २० रहेको थियो ।



