विराटनगर – पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका
दुईजना अभियुक्तलाई बिहीबार विराटनगर अदालतमा हाजिर गराइएको छ ।
आक्रमणमा संलग्न भनिएका युवा संघ मोरङका नगर अध्यक्ष रोहित कोइराला र सदस्य मनोज
राईलाई अदालत उपस्थित गराइएको हो । प्रहरीले अभियोगपत्र दर्ता गरे पनि समय अभावका
कारण बयान भने हुन सकेन ।
मोरङका प्रहरी उपरीक्षक प्रद्युम्नकु्मार कार्कीका अनुसार अपराह्न ४ बजे
उनीहरुलाई अदालत लगिएको थियो । समय अभावका कारण बयान हुन नसकेको उल्लेख गर्दै
काकीले दुवैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । उनीहरुको शुक्रबार बयान हुने
सम्भावना छ ।
गत जेठ २२ गते पत्रकार ढकालमाथि आक्रमण भएको थियो । पत्रकार महासंघ मोरङ शाखाले
आक्रमणमा संलग्न भएको अनि योजनाकार रहेको भन्दै कोइराला, राई र संघ मोरङका
उपाध्यक्ष परशुराम बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी उजुरी दिएको थियो ।
बस्नेत अझै फरार छन् ।



