प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिका कारण लामो समयदेखि नेतृत्वविहीन संवैधानिक परिषद्को बैठक स्थागित

काठमाडौ  –
लामो समयदेखि नेतृत्वविहीन चार
संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद्को बैठक
प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिका कारण स्थागित भएको छ ।

अर्को बैठक २२ गते साँझ पाँच बजे बस्ने गरी स्थगित गरिएको हो । प्रमुख
प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेललले आफु बिरामी भएकाले उपस्थित हुन नसकेको
प्रधानमन्त्री झलनाथ खनाललाई जानकारी गराएपछि बैठक स्थागित गरिएको बताइएको छ ।

संवैधानिक परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्रीले सबै सदस्यलाई ४८
घन्टाअगावै बुधबार दिउँसो पत्र पठाई शुक्रबार अपराह्न ५ बजेका लागि बैठक बोलाएको
जानकारी उच्च अधिकारीले दिएका छन् ।

परिषद्को बैठक प्रमुख चार संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
महालेखा परीक्षकको कार्यालय, लोकसेवा आयोग र निर्वाचन आयोगमा रिक्त विभिन्न पदमा
नियुक्तिबारे छलफल हुनेछ । यि संबैधानिक निकायहरुमा पदाधिकारी नहुँदा आप्ठ्यारो
अवस्था श्रृजना भएको छ ।