राजविराज – सप्तरीमा महुली नदीको बाँध भत्केर भारदह र पोर्ताहा गाविसमा
पानी पस्दा झण्डै एक हजार घर डुबानमा परेको छ । विगत तिनदिनदेखि परेको अविरल
वर्षाले गएराती सप्तरीको पोर्ताहा गाविस ७ स्थित महुली पुलदेखि ४ सय मिटर पुर्वमा
बाँध भत्किएर बस्तिमा पसेको हो ।
बाँध भत्केर भारदह गाविसको ७, ८ र ९ तथा पोर्ताहा गाविसको ६,७ र ८ नम्बर वडाको
झण्डै एक हजार घर डुबानमा परेको स्थानीय रामजनम यादवले जानकारी दिए । उनका अनुसार
महुली नदीको बाढीले वर्षेनी यस भेगमा क्षति पुर्याउने गरेको भएपनि सम्बन्धित
निकायको लापरबाहीले समस्या भोग्नु परेको छ ।
बाढीको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ ।
घरमा समेत दुई फिट माथिसम्म पानी पसेपछि जनजीवन थप कष्टकर बनेको स्थानीयहरुले बताए
।
यस्तै कोसी नदीमा पनि पानीको बहाब बढेपछि जिल्लाको टापुको गाविसको रुपमा परिचित
रहेका गोबारगाढा गाविसको अधिकांश भाग डुबानमा परेको छ । गोबरगाढाका लक्षमण यादवले
दिएको जानकारी अनुसार कोसी नदीमा पानी बहाब बढेपछि बस्तिमा चार फिटसम्म पानी जमेको
छ ।



