प्रधानमन्त्रीद्वारा दिगो शान्ति र नयाँ संविधान निर्माण गर्ने कार्य पूरा गर्नका लागि सबैलाई एकजुट हुन आह्वान (पूर्ण पाठ)

काठमाडौं – मुलुकसामु देखापरेका राजनीतिक विवाद वा प्राविधिक जटिलहरू फुकाई राजनीतिक समझदारीका साथ जिम्मेवारी निर्वाह गर्न सबै एकजूट नभएसम्म दिगो शान्ति र नयाँ संविधान निर्माण गर्ने कार्य पूरा गर्न नसकिने प्रधानमन्त्री झलनाथ खनालले बताएका छन्। उनले यसका लागि सबैलाई एकजुट हुन आह्वान पनि गरेका छन्। संसदीय अनुगमन विशेष समितिमा प्रस्तुत गरेका शान्ति प्रक्रिया सम्बन्धमा भए/गरेका कामहरुको प्रगति विवरणमा उनले भनेका छन्- यसका लागि सबै राजनीतिक दल, नागरिक समाज र सचेत नागरिकहरूको सामूहिक र एकताबद्ध प्रयास जरुरी हुन्छ। 

पाँचबुँदे सहमतिअनुरुप निर्धारित समय सीमा नजिकै आइरहेको सन्दर्भमा शान्ति प्रक्रिया, संविधान निर्माण र मुलुकको समुन्नतिको लागि जिम्मेवारीपूर्वक एकजूट हुन पनि उनले सबैलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री झलनाथ खनालले संसदीय अनुगमन विशेष समितिमा प्रस्तुत गरेका शान्ति प्रक्रिया सम्बन्धमा भए/गरेका कामहरुको प्रगति विवरणको पूर्ण पाठ-

सम्माननीय सभामुखज्यू
सहमति कार्यान्वयन अनुगमन विशेष समितिका सदस्यहरू!

नेपाली जनताको २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत अभिव्यक्त गरेको चाहनाबमोजिम शान्ति प्रक्रियाको सफलता र संविधान निर्माणको क्रममा मुलुक निरन्तर अगाडि बढिरहेको छ। संक्रमणकाल र शान्तिप्रक्रियाका बिगत पाँच बर्ष तथा संविधान निर्माणका क्रममा बितेका तीन वर्ष दुई महिनाको अवधिमा हामीले निकै ठूलाठूला प्रगति र अग्रगति हासिल गरेका छौं। तर, हाम्रो काम पूरा भएर सफलता टुंगिन सकेकोचाहिँ छैन। हामी अहिले शान्ति प्रक्रियालाई पूर्णतामा पुर्‍याउने, संविधान निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गरी आर्थिक क्रान्ति र रुपान्तरणको माध्यमबाट शान्तिपूर्ण, समावेशी र समुन्नत मुलुक निर्माण गर्नुपर्ने दायित्व लिएर अघि बढिरहेका छौं।

०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिको सफलताबाट निर्मित नेपालको अन्तरिम संविधान