.jpg)
– अबधेशकुमार
इनरुवा – पानीको बहाब फेरी बढ्दै गएपछि सप्तकोसी नदीमा शनिबार दिउसो
सवा चारवजे पछि पुन: खतराको संकेत स्वरुप ब्यारेजमा रातो झण्डा गाडनुका साथै रातो
बत्ति वालिएको छ ।
पानीको बहाब एकलाख ५० हजार क्युसेक नाघेपछि खतराको सूचकको रुपमा रातो झण्डा
गाडनुका साथै रातो बत्ती वाल्ने गरिएको छ । शुक्रबार दिउँसो एकलाख ५० हजार क्युसेक
नाघ्दै एकलाख ५९ हजार २५ क्युसेक पानीको बहाब पुग्दा रातो झण्डा गाड्नुका साथै रातो
बत्ती वालिएको थियो ।
तर, शनिबार बिहान सवा सात वजे पानीको बहाब कम भइ एक लाख ४८ हजार ६ सय क्युसेक
प्रति सेकेन्डका दरले पानीको बहाब भएपछि रातो झण्डा झिकिएको थियो भने रातो बत्ति
निभाइएको थियो । शनिबार दिउँसो सवा चारवजे पुन: पानीको बहाब एकलाख ५० हजार चारसय ८०
क्युसेक प्रति सेकेन्डका दरले बहाब भएपछि फेरी रातो झण्डा गाडनुका साथै रातो बत्ति
वालिएको प्रहरी चौकी कोसी ब्यारेजका प्रहरी नायव निरीक्षक शम्भु बस्नेतले बताए ।
पछिल्लो पटक अघि साँझ सवा पाँचवजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर एकलाख ५०
हजार ९ सय क्युसेक प्रति सेकेन्डका दरले बहाब भइरहेको बस्नेतले जानकारी दिए ।
पानीको बहाब बढेसंगै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ ।



