भैरहवा – भैरहवास्थित जिल्ला मालपोत कार्यालय परिसरमा भूमिगत जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीले आइतबार टाइम बम बिष्फोटन गराएको छ ।
मालपोत कार्यालयको मुल गेटको भित्रपट्टी रहेको उक्त बम साँझ ७ बजे आफै बिष्फोटन
भएको थियो । बिष्फोटनबाट कुनै मानवीय तथा भौतिक क्षति नपुगेको सुरक्षा निकायले
बताएको छ ।
विष्फोटन हुनेवारे पूर्व जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली
सेनाको टोली मालपोत कार्यालय परिसरमा पुगेको थियो ।
आफूलाई जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी रुपन्देहीको जिल्ला ईञ्चार्ज भैरव
सिंह नाम बताउने व्यक्तिले सञ्चारकर्मीलाई फोन मार्फत् जिम्मेवारी लिएका छन् ।



