नीति तथा कार्यक्रमको छलफल नै नगरी ल्याइयो: नेपाल

– कृष्ण खनाल

 

बुटवल २१ असार  । सकारको नीति तथा कार्यक्रमप्रति प्र्रतिपक्षीदल नेपाली काङग्रेस सहित विपक्षी दहहरुले आलोचना गरिरहेका बेला सरकारको नेतॄत्वगरिररहेको पार्टी नेकपा एमालेका वरिष्ठ नेता माघव कुमार नेपाललले  ले नीति तथा कार्यक्रम छलपल बिना नै ल्याइएको भन्दै आलोचना गरेका छन ।

 
सोमवार  प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री  नेपालले सरकारको निती तथा कार्यक्रमा जनयुद्ध शव्द समावेस गरेर सरकारले माओवादीको निती तथा कार्यक्रम ल्याएको आरोप लगाए । उनले निती तथा कार्यक्रम पार्टि भित्र छफफल नै नगरी ल्याइएको समेत बताएका थिए । पुर्व प्रधामँत्री समेत रहेका   एमाले बरिष्ठ नेता नेपालले आफुलाई निती तथा कार्यक्रम ल्याउनको दिन मात्र फोन गरेर जनाकारी दिएको  बताएउदै भने – निती तथा कार्यक्रमको बारेमा मलाई थाहा थिएन कार्यक्रम प्रस्तुत गर्ने दिन मा मात्र मलाई फोन गरेर जनाकारी दिइएको थियो ।


विगतमा आफ्नो नेतृत्वको सरकारको पालामा प्रतिपक्षमा रहेका माओवादीेलॆ नीति तथा कार्यक्रम ल्याउने बेलामा अवरोध पुर् याएकाृ भन्दै भन्दै उनले यस पटक प्रतिपक्षी काङग्रेसले यसो नगरेकोमा काङग्रेसको प्रशंसा पनि गरे ।  आफ्नो धेरैजसो समय माओवादी विरुद्ध बोल्नमा नै समय खर्चेका नेपालले नीति तथा कार्यक्रम माओवादी कार्यकर्तालाई पाख्नका लागि प्रयोग हुन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने पनि बताएका थिए ।