अब साउन १ गतेदेखि ३८ जिल्लाबाट राहदानी वितरण गरिने

काठमाडौं – गृह मन्त्रालयले जिल्ला जिल्लामा राहदानी वितरणको व्यवस्था मिलाइदिएपछि परराष्ट्र मन्त्रालयस्थित केन्द्रीय राहदानी विभाग साउन १ गतेदेखि ३८ जिल्लाबाट राहदानी वितरण गर्नेे अन्तिम प्रक्रियामा जुटेको छ। 

विभागको यो प्रक्रियाको टुंगोसँगै राजधानीबाहिर रहेका ३८ जिल्लाबासीले आ-आफनै जिल्लाबाट राहदानी पाउने भएका छन्। विभागले ५ विकास क्षेत्रलाई केन्द्र बनाई राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

विभागका अनुसार पूवाञ्चलको मोरङ, मध्यमाञ्चलको पर्सर्ाापश्चिमाञ्चलको कास्की, मध्यपश्चिमाञ्चलको बाँके र सुदूरपश्चिमाञ्चलको कैलालीस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमार्फ त्यहाँका विभिन्न जिल्लाबाट राहदानी र्फम संकलन गर्ने र विभागमा पठाउने व्यवस्था मिलाइएको छ। सोहीअनुसार ती जिल्लामा राहदानी वितरण गरी जिल्लाजिल्लाबाट राहदानी वितरण गरिनेे विभागका प्रमुख दीपक धितालले  बताउनुभयो।

उहाँले राहदानी वितरणमा विकेन्द्रीकरणसँगै जनतालाई केही सुविधा हुने दाबी गर्नुभयो। जिल्लाजिल्लाबाट राहदानी वितरण हुन थालेपछि सहज र सरल रूपमा नेपालीले राहदानी पाउनेछन्। नागरिकता वितरणदेखि त्यसको प्रमाणीकरणसमेत जिल्लाबाट भई आउने हुनाले केही समय बढी लागे पनि वास्तविक नागरिकता प्राप्त गर्नेले मात्रै राहदानी प्राप्त गर्न सक्ने उहाँको दाबी छ।

मेसिन रिडेबल पासपोर्ट -एमआरपी) वितरणमा शुरूमा देखिएको समस्या स्मरण गराउँदै उहाँले बाहिरका जिल्लाबासीलाई त्यस्तो समस्या हुन नदिन फोटो स्टुडियो तथा अनलाइन सेवा प्रदायकहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

विभागले त्यस्तो समस्या आउन नदिनका लागि ७५ जिल्लामै आफना प्रतिनिधिमार्फ प्रमुख जिल्ला अधिकारीको कार्यालयको सहयोगमा फोटो खिच्ने र अनलाइन सेवा दिने व्यवसायीहरूलाई एकदिने अभिमुखीकरण तालिम दिइसकेको छ। विभागका अर्का अधिकारीले भने- ँआगामी २७ गते धनगढीमा अन्तिम अभिमुखीकरणको तालिम दिइनेछ।