काठमाडौ – तत्काल स्थानीय निकायको निर्वाचन गर्ने अवस्था नभएको स्थानीय विकास मन्त्री उर्मिला अर्यालले बताएकी छन् । मुलुक शान्ति प्रक्रिया र संविधान निर्माणका कारण राजनैतिक संकटमा रहेकाले नयाँ जनादेश मार्फत अघि बढने अवस्था नरहेको मन्त्री अर्यालको भनाइ छ ।
बुधबार अर्यालले सबै दलहरु वर्तमान अवस्था प्रति जानकार भएपनि निर्वाचनको कुरा उठाउनु दखद भएको ठिप्पणी गरेकी छन् । उनले साना दलले निर्वाचनमा जानुको विकल्प नभएको बताइरहेको बेला दलहरुले लिखित प्रतिबद्धता व्यक्त गरे स्थानीय निकायको निर्वाचन गर्न सकिने उल्लेख गरिन् ।
स्थानीय निकायमा वर्षेनी ४४ अरब रुपैयाँ बजेट निकास भएपनि त्यसमा भएको अनियमितता रोक्न नयाँ कार्यविधि अवश्यक भएको मन्त्री अर्यालको भनाइ छ ।
अन्तरिम स्थानीय निकाय गठन, कार्यविधि संचालन र कार्यविधिको मसयौदामाथि पुन छलफल गर्ने बताउँदै मन्त्री अर्यालले सहमति बिना अगाढि नबडने प्रतिबद्धता जनाइन् । पुन निर्वाचन गर्ने अवस्था नभएकाले मस्यौदामाथि आवश्यक सुझाव दलहरुले दिई सोही अनुसार आफू परिमार्जन गर्न तयार रहेको उनले बताइन् । स्थानीय निकाय संचालनका लागि भदौ १४ अगाढि नै ठोस योजना पारित गर्ने मन्त्री अर्यालको भनाइ छ बताइन् ।



