– उमाकान्त पाण्डे ‘गाउंले’
यूएई डेस्क – आदिकवि भानुभत्त आचार्यको एक सय ९८ औं जन्मजयन्ती यूएई प्रवासमा मनाइने भएको छ।
सर्वदा वाङगमय यूएई प्रतिस्ठानको आयोजनामा जुलाई १५ तारिक शुक्रबार एक कार्यक्रमका बिच भानु जयन्ती मनाउन लागिएको हो।
नेपाली भाषा – साहित्यमा आफ्नो योगदान दिने अग्रज स्रस्ट्रालाई हामी नेपाली जहाँ जस्तो स्थितिमा भएपनी सम्झनु कर्त्यब्य भएकोले यूएई प्रवासमा रहेका नेपाली साहित्य अनुरागीको उपस्थितीमा सर्वदाले भानु जयन्ती मनाउने भएको हो।
सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबी स्थित केरेला सोसियल सेन्टरमा दिउंसो चार बजेदेखी सन्चालन गरिने कार्यक्रममा यहाँ स्थित सम्पूर्ण नेपाली साहित्य अनुरागीहरुलाई सहभागी हुन प्रतिस्ठानका अध्यक्ष लक्षमण सापकोटा विकल्पले आग्रह गरेका छन।



