टाइम्स अफ इन्डियाका अनुसार, बेलायतको स्टायन्डर्ड चार्टर्ड बैंकले हालै छतीस अर्ब पचास करोड रुपियाँमा भारतको सूचना प्रबिधि सम्बन्धी ठूलो कम्पनी रेडिङटन इन्डिया कम्पनीको दश प्रतिशत शेयर खरिद गरेको छ।
भारतको रेडिङटन इन्डिया कम्पनीको स्थापना सन् 1961मा भएको थियो। यो सिंगापुरको केवलराम चान्राइ ग्रुपको शाखा कम्पनी हुनुका साथै भारतको सूचना प्रबिधि उद्योगमा सबैभन्दा पूरानो कम्पनीहरुमध्येको एक हो।



